समयले अँध्यारोमा धकेल्दै छ आज पर्दा उघार

अँध्यारोमा मन बिचलित भैसक्यो अव घामको ज्योती छर

दिन र रातको ठेगान भएन यो अन्धकार तिमी चिर

मृत्यु का समाचार पुगिसक्यो जिजीविषा अब भर

 

हावा पनि बासी भैसक्यो झ्याल ढोका तिमी खोल

जीवन खोज, नखोज रोग कष्ट, उल्लास मनमा घोल

सुन चरीका चिर्र बिर्र नराख मनलाई अचल

प्रकृती मै छ जीवन तिम्रो प्रकृती नै देवस्थल

 

जिउने आशा त रहन्छ मृत्यु नजिकै पुगेर पनि

तिमी किन जिउदै मर्छौ संसार त्रास मै तड्पियो भनि

घामको किरणमा जिवन खोज, पच्छ्याऊ हावा का सुसेली

जीवनलाई नथिच अन्धकारको बोझ ले, खोज जीवनकी उजेली

Leave a comment